गर्भ र गर्भपतनको वास्तविकता

र्भधारण र गर्भको शिशुको विकास

“किनकि तपाई (परमेश्वर) ले नै मेरा भित्रका अङ्ग–प्रत्यङ्ग बनाउनुभयो, तपाई (परमेश्वर)ले मलाई मेरी आमाको गर्भमा रच्नुभयो ।” (भजन.१३९ः१३)

स्त्रीको डिम्ब कोष र पुरूषको शुक्रकिटको मिलन भएको समयदेखि नै एक नयाँ जीवनको सुरूवात हँुदछ । जुन अवस्थाको जीवन वा शिशुलाई विज्ञानले जाइगोट (Zygote) भन्दछ । शिशु छोरा हो कि छोरी, उसको कपालको रङ्ग, अथवा आँखा, उसको उचाई, आदि निर्धारण गर्ने वंशाणुगत गुण गर्भधारण भएकै बेला तय हँुदछ । गर्भधारण भएको दई हप्तापछि फेरि शिशु पाठेघरको भित्री भागमा गएर टाँसिन्छ, यो बच्चाको बाँकी ३६ हप्ताको नयाँ घर हो । यस अवस्थाको शिशुलाई इम्ब्रियो भनिन्छ ।

गर्भको शिशु एक जीवित मानव हो भनी प्रमाणित गर्ने अर्को एउटा सत्यता यो हो कि, गर्भधारण भएको १८ देखि २१ दिन पछि लगतै बच्चाको आप्mनै रगतद्वारा मुटुको ढुकढुकी चल्न सुरू हुन्छ र हात, खुट्टा, आँखा र भित्री अङ्गहरु पनि विकास हुन सुरु गर्दछ ।

६ र ७ हप्तामा शिशु चल्न र पौडन थाल्छ । आन्द्राले काम गर्न सुरु गर्छ र मृगौलाले पिसाब उत्पादन गर्न थाल्दछ र आठौं हप्तामा शिशुको हरेक अङ्ग ठीक–ठीक ठाउँमा रहन्छन्, औंठा छाप बन्दछ र सबै भन्दा महत्वर्पूण कुरा, यस अवस्थामा image002शिशुले बाहिरी स्वर सुन्न सुरु गर्दछ । ११ र १२ हप्तामा गर्भका बच्चाले दुखाईको महशुस गर्नसक्छ र आप्mनो औंला चुस्न सक्छ । नेपालको कानुनले १२ हप्ता सम्मको गर्भ वा शिशुको गर्भपतन गर्ने वा गराउने कानुनी अनुमति दिएको छ । यो दुःखलाग्दो कुरो हो ।

गर्भपतन भनेको के हो ?
चिकित्साशास्त्रका अनुसार, २२ हप्ता भित्रमा गर्भ आफै खेर गएमा वा तुहाएमा त्यसलाई गर्भपतन भएको ठानिन्छ (विश्व स्वास्थ्य संगठन(WHO) र २२ हप्ता पछि हुने वा गरिने गर्भपतनलाई चाँहि अबेर–गर्भपतन अथवा (Late-abortion) भनिन्छ । सामान्य अर्थमा गर्भपतन भनेको गर्भको शिशुको जन्म अघि आफै खेर गएर वा तुहाएर हुने मृत्य हो ।(Abortion is the termination of pregnancy before birth, resulting in the death of fetus.)

गर्भपतन कति किसिमको हुन्छ ?
१. आफै हुने गर्भपतन (spontaneous abortion): कुनै पनि बाहिरी बल÷बस्तु को प्रयोग नगरी गर्भ खेर गएमा वा गर्भ तुहिएमा त्यसलाई आफै हुने गर्भपतन भनिन्छ । गर्भवती महिलामा कुनै स्वास्थ्य सम्बन्धी समस्या वा शारीरिक रोग भएमा वा गर्भमा रहेको भ्रूणमा नै खराबी भएमा गर्भ आफैँ खेर जान सक्छ ।
२. जानी जानी गरिएको गर्भपतन (induced abortion): गर्भको भ्रूण वा शिशुलाई बाहिरी बल वा कुनै बाहिरी वस्तुहरुको प्रयोग गरेर गर्भपतन गरिएको छ भने त्यसलाई जानी जानी गरिएको गर्भपतन भनिन्छ ।

गर्भपतन गर्ने तरिकाहरुः
१. चुसेर गर्ने गर्भपतन (Suction Aspiration): यो तरिका प्राय १२ हप्तासम्मकोimage003
गर्भको शिशुलाई पतन गर्दा प्रयोग गरिन्छ । जसमा कोमल शिशुलाई चुस्ने उपकरणद्वारा चुसेर बाहिर निकालिदिने काम गर्छ । नेपालमा प्राय प्रयोग गर्ने तरिका यहि हो ।

२.Dilation and Curettage (D&C)& Dilation and Evacuation (D&E): यी तरिकाहरु १२ हप्ता भन्दा माथिको गर्भलाई पतन गर्दा प्रयोग गरिन्छ । जसमा शिशुलाई टुक्रा–टुक्रा पारेर बाहिर निकालिन्छ ।

३. नून बिषाक्त (Salt Poisoning (Saline Injection): यो गर्भपतनको तरिका १६ image005हप्तापछि गरिन्छ । जसमा सुईको माध्यमबाट कडा नुनको झोल भित्र हालेर शिशुलाई जलाएर मरेको वा अर्धमरेको अवस्थामा बाहिर निकालिन्छ ।

गर्भपतनका असरहरुः
वास्तवमा गर्भपतन कुनै पनि महिला, उनको परिवार र समाजको लागि सुरक्षित छैन । गर्भपतन पछि कुनै पनि महिलामा प्रत्यक्ष–अप्रत्यक्षरुपमा मानसिक, शारीरिक, सामाजिक, पारिवारिक र आत्मिक असर वा नतिजाहरु रहेका हुन्छन् । पहिलो प्रत्यक्ष असर त उनको सन्तानको मृत्यु नै हो र दोस्रो चाँहि आमाको स्वास्थ्य वा जीवन जोखिममा पर्नु हो । लामो समयसम्म रगत बग्ने, प्रजनन् अंगको क्षति, स्तन क्यानसर, बाँझोपन, आदि महिलामा हुने शारीरिक असरहरु हुन र मानसिक तनाव वा नैराश्यता, हिन्ताबोध, आत्मग्लानी, डर जसको फलस्वरुप दुव्र्यसनी र अनैतिक व्यवहारमा वृद्धि हुनु र आत्महत्या जस्ता नतिजाहरु हुन्छन ।(Anxiety, uneasiness, anger, fear, self pity, regret, loneliness, shame… there’s so much trauma one has to go through after an abortion resulting from an unwanted pregnancy- Cipla) पारिवारिक तनाव, सम्बन्ध–विच्छेद र अन्तमा परमेश्वरको योजना विरुद्धको पाप, आदि यसका असरहरु हुन् ।

एक स्पष्टिकरणः बाहिर बजारमा प्रचार गरिएको सुरक्षित गर्भपतन वास्तवमा के हो ? कुनै पनि गर्भवती महिलाको मञ्जुरीमा, कानुनले मान्यता दिएअनुसार सुचिकृत स्वास्थ्यकर्मीद्वारा सुचिकृत स्थानमा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ । (स्वास्थ्य तथा जनसंख्या मन्त्रलय) । तर यसको मतलब यो होइन कि त्यहाँ गर्भपतन गर्नेहरु माथि उल्लेखित असर वा नतिजाहरुबाट बाँच्न सक्छन् । जति नै सावधानी अपनाए पनि गर्भपतन जस्तो अमानविय र अस्वाभाविक कार्यको असरबाट कोहि पनि सुरक्षित हुदैँनन् ।

गर्भपतन गर्न भन्दा अघि महिलाहरुलाई यी सबै वास्तविकताबारे स्वास्थ्यकर्मीहरुले जानकारी दिदैनन् र गर्भको शिशुलाई केवल एक मासुको डल्लो मात्र हो भनी परिचय गराउँछन् तर गर्भपतन पछि महिलाहरु पहिले भन्दा अझ बढि पीडित बन्छन् । आज धेरै महिलाहरु यस किसिमको गलत सुचनाको शिकार बनेका छन् र जीवनमा धेरै चोट र पिडाहरु बोकेर हिडिरहेका छन् र यसरी धेरै अजान शिशुहरुको हत्या गर्भमा नै भइरहेको छ । महिलाहरुको अनियोलतामा उनीहरुलाई सुन्नु, माया गर्नु र साथ दिनु नै आमा र बच्चाप्रतिको उचित निर्णय हुन्छ । गर्भपतन महिला समस्याको समाधान होइन् । आज समाजमा भएका यौनदुरूपयोग र दुरव्यवहार जस्ता सामाजिक अपराधहरु नियन्त्रण गरी महिलाहरुमा हुने अनिच्छित र अनियोजित गर्भको रोकथाम गर्नुपर्छ । समाजमा गर्भ र गर्भपतन सम्बन्धी वास्तविकता व्यापक पारिनुपर्छ र महिलाहरुलाई गर्भपतनको लागि तिरस्कार र अधिकार होइन् तर माया र साथ दिनु पर्छ ताकि आमा र बच्चा दुबैको सुरक्षा र समान न्याय होस् ।

अन्तमा, “त्यस्ताहरुको पक्षमा बोल्, जो आप्mनो पक्षमा बोल्न सक्दैनन्…आवाज उठा र न्यायसंग फैसला गर्…दिन–हिनको अधिकारको रक्षा गर् ।” (हितोपदेश ३१ः८–९)

Leave a Reply

Your email address will not be published.