प्रेमा किरात र तिनको छोरा जेसन किरात

प्रेमा र मोहन किरात बीच सन् २००४ मा खोटाङ्ग जिल्लामा विवाह भएको हो । उनीहरु दुवै शिक्षित छन् । प्रेमा २१ वर्षकी हुँदा पहिलो पटक गर्भवतीभएकी थिइन् । तिनले त्यो गर्भ अनियोजित हुदाँ–हुँदै पनि पहिलो पटकको गर्भ भएकोले परिवार कैसर–सल्लाहमा जन्माएकी थिइन् । उनीहरुलाई पहिलो पटक छोरा–छोरीको कुनै मतलब थिएन । त्यसैले तिनले पहिलो पटक एउटी प्यारी छोरीलाई जन्माइन् । त्यसपछि उनीहरु कामको खोजीमा काठमाण्डौ आए । सन् २००९ मा प्रेमा फेरि दोस्रो पटक गर्भवती भइन् तर यसपटक भने उनीहरूले छोराको img_3730आशा गरेका थिए । यसरकारण, उनीहरूले काठमाण्डौको थापाथली स्थित प्रसुती गृहमा कार्यरत डाक्टर उशा श्रेष्ठको सिफारिसमा नयाँ बानेश्वर स्थित ज्योति आग्रवाल क्लिनिकमा डा.ज्योति आग्रवाल सँग लिंग पहिचानको निम्ति भिडियो एक्स्रे गराए । त्यो भिडियो एक्स्रे परिक्षणको रिपोर्ट अनुसार तिनको गर्भमा फेरि छोरी भएको देखियो । त्यसैले उनीहरू दुवै जनाले गर्भपतन गर्ने सोच बनाए । तर उनीहरूलाई कसैले गर्भपतन नगर्न सुझाव र परामर्शले दिए, जसले गर्दा उनीहरुले आफ्ना निर्णय परिवर्तन गरे र अन्तमा प्रेमाले एउटा प्यारो छोरालाई जन्माइन् । आज तिनको काखमा १७ महिनाको छोरा छ । यदि उनीहरूले भिडियो एक्स्रेको रिर्पोट अनुसार गर्भपतन गराएको भए..?

नन्दा कुमारी जी. टी. र तिनको छोरा चेतन जि.टि.

नन्दा कुमारी जी.टी. र रूप प्रसाद जि.टि. बीच २०६० मा बागलुङ्गमा विवाह भएको हो । विवाह पच्छात चार वर्षसम्म उनीहरुको कुनै सन्तान भएन ।उनीहरुको परिवारमा एउटा छोरा हुनुपर्छ भन्ने मान्यता थियो । यसकारण, उनीहरूले पहिलो पटक छोराको आशा गरेका थिए । यसरी नन्दा कुमारी २२ वर्षकी हुँदा पहिलो चोटि गर्भवती भइन्, र तिनले एउटी छोरीलाई जन्माइन् । धेरै वर्ष पछि जन्मिएको सन्तान छोरी नै भएपनि उनीहरू खुसी भए । त्यसपछि उनीहरु वैदेशिक रोजगारीको निम्ति काठमाण्डौ आए र फेरि नन्दा कुमारी गर्भवती भइन् । तर यसपटक उनीहरूले गर्भमा भएको लिङ्ग पहिचान गर्ने निर्णय गरे, र काठमाण्डौ स्थित च्भष्निबचभ क्च्क्ष् म्ष्बनलयकष्क ऋभलतभच माimg_3737 परिक्षण गराए । त्यस सेन्टरको सम्बन्धित डाक्टरले तिनको गर्भमा छोरी भएको बताए र १०,००० दिए त्यही समय गर्भपतन गराउन सकिने बताए । तर उनीहरुसँग पैसा नभएकोले अर्को दिन आउने बताए । उनीहरू कुनै पनि हालतमा छोरी जन्माउने पक्षमा थिएनन् । यसकारण उनीहरू पैसाको खोजीमा लागे । यसैक्रममा, उनीहरूको भेटघाट ख्यष्अभ या ँभतगक ल्भउब िको एक जना सदस्यसँग भयो, जसले उनीहरूलाई गर्भपतन सम्बन्धी म्ख्म् देखाए । जसलाई हेरेर उनीहरूले गर्भपतन नगर्ने सोचमा पुगे । अन्तमा तिनले त्यो शिशुलाई जन्माइन् । आज उनीहरुको काखमा एउटा ८ महिनाको छोरा छ । यदि उनीहरुले ग्तिचबकयगलम को रिपोर्टलाई मानेको भए आज सायद उनीहरूको काखमा यति प्यारो छोरा हुनेथिएन ।
एगदष्किजभम दथस् खयष्अभयाभतगक।लउ२नmबष्।िअयm

Leave a Reply

Your email address will not be published. Required fields are marked *