गर्भपतनको पनि विकल्प रहेछ … ।

(सत्य घटनामा आधारीतः एउटी अविवाहीत गर्भवती युवतीको निर्णय र लेखकको निष्कर्ष)

आज महिला अधिकारकर्मीहरुले गर्भपतनलाई महिलामा हुने अनिच्छित तथा अनियोनित गर्भ समस्या समाधानको अन्तिम अथवा एक मात्र विकल्प हो भनी मानिलिएका छन् अर्थात महिलामा अनिच्छित गर्भ रहनगएको खण्डमा एउटी महिलाको निम्ति गर्भपतन गर्नु बाहेक अर्को विकल्प नै रहदैन वा हुदैन भन्छन् । तर यी सबै मान्यता र भनाईलाई रद्द गर्दै एउटी १६ वर्षे अविवाहीत युवतीले यस्तो निर्णय लिइन् जसमा उनी आफै पनि बाँचिन र आप्mनो सन्तानलाई पनि बचाइन् । तिनको निम्ति गर्भपतन समस्या समाधानको अन्तिम तथा एक मात्र विकल्प बनेन किनकि तिनले गर्भपतनलाई होइन तर जीवन बचाउने विकल्पलाई रोजिन् अर्थात छानिन् ।

यो घटना २०६५ फाल्गुन २३ गते आइतबार बिहानको हो । त्यो दिन मेरो कार्यालयको विदा भएको कारण म अवेरसम्म ओछ्यानमा नै थिएँ । त्यसै समय एक जना परिचित विश्वासी दिदी आउनु भयो र भन्न लाग्नु भयो, “भाई पाटन अस्पतालमा एउटी १६ बर्षे केटीले बच्चा जन्माएकी छिन रे, पाल्ने वा गोद लिने मान्छे पाए बच्चा दिने कुरा गर्दै छिन रे, के तपाईहरु राख्नु हुन्छ ?” त्यो कुरा सुने लगत्तै हामी श्रीमान–श्रीमती एक¥–आपसमा सल्लाह ग¥यौ तर हामी दुवै जना काममा व्यस्त हुने भएको कारण हामीले गोद लिने आँट गर्न सकेनौ । तर अझ पनि हामीले अरु सम्भावीत उपायहरु सोच्न थाल्यौ र हामीलाई झट्ट एक जना साथीको याद आयो जसले धेरै अघिदेखि एक जना बच्चा गोद लिने कुरा गरिरहेको थियो । हामीले उसलाई तत्कालै फोन लगाइ सम्पूर्ण कुराको जानकारी गरायाँै । उसले भन्यो, “हामी एक चोटि पति–पत्नी सल्लाह गरेर फोन गर्छौ”। त्यसको पाँच मिनेटमा नै उनीहरुले फोन गरे र हर्षसाथ भने, “हामी त्यो बच्चा राख्न तयार छौ” । त्यस पछि images 2हामी लगत्तै पाटन अस्पताल तिर ट्यक्सी लिएर गयौ । हामी प्रसूती विभागको काउनटरमा पुग्दा त गोद लिन आउने मान्छेहरुको भिड नै लागेको रहेछ । सबैले “सिस्टर, बच्चा मलाई दिनुपर्छ है” भन्दै विन्ती गरिरहेका मैले सुने । त्यो सुन्दा र देख्दा मलाई मनमा यस्तो सोचाइ आयो, “अहो कतिलाई सन्तान फालाफाल, कतिलाई सन्तानको यत्रो हाँहाँकार” । अनि हामी पनि काउनटरको छेउमा गयौ र त्यो परिचित विश्वासी दिदीले नर्सलाई चिनेको कारण र सोहि नर्सले त्यो दिदीलाई गोद लिने मान्छे खोजिदिनु भनेर भनेको कारण पहिला उहाँहरुको बीच कुरा भयो र पछि हामीलाई भेट्नु भयो । हामीले चाँहि बच्चाको निम्ति कपडा र आमाको निम्ति केहि खाने कुरा समेत लिएर गएका थियौ । त्यो देखेर नर्सले सबैलाई भन्नु भयो “हेर्नुहोस् त, उहाँहरुले त कपडा पनि लिएर पुरै तयारीमा आउनुभएको रहेछ र हामीसंग पहिले सम्पर्क गर्ने पनि उहाँहरु नै हुनुहुन्छ, यसकारण हामी बच्चा उहाँहरुलाई नै दिन्छौ” । यसरी त्यो बच्चालाई नरसरी कोठाबाट लिएर मेरो साथीको श्रीमती र त्यो दिदी ट्यक्सीमा घर फर्कनु भयो तर म चाँहि अस्पतालमा रहेँ । मलाई त्यो बहिनीको विषयमा बुभ्mने धेरै इच्छा थियो । तर नर्सले मलाई भन्नुभयो, “भाई, मेरो बिचारमा तपाईले त्यो बहिनीलाई नभेटेको नै असल हुन्छ होला, पछि गएर तपाईहरुलाई समस्या हुन सक्छ ” । मलाई पनि त्यसतै लाग्यो र मैले त्यो नर्सबाट नै त्यो बहिनीको विषयमा सबै कुरा बुझिलिए ।

त्यो बहिनीको नाम ममता तामाङ्ग (नाम परिवर्तन गरिएको) रहेछ र उनी ललितपुर, सानेपामा आप्mनी आमासंग बस्दै आएकी रहेछ भन्ने कुरा मैले बुझे । तिनी नौँ कक्षामा पढ्दै गरेकी एउटी विधार्थी रहेछ भन्ने तथ्य पनि थाहा पाए । अहिलेको आधुनिक तथा ग्ल्यमरको जमाना, त्यसमाथि पनि शहरीपन र अझ त्यसमाथि पनि १६ वर्षे कुखुरे वैशले मस्त भएकीले पनि होला त्यो बहिनी एक जना आप्mनै विधालयको केटोसंग प्रेम सम्बन्धमा थिइन् रे । अहिलेको युवा–युवतीलाई माया भन्दा पनि आर्कषर्णको नै धेरै महत्व हुन्छ, त्यहीमाथि पनि ‘लव टेस्ट’, ‘सेक्सविनाको माया के माया’ र ‘दुइ मन मिलेपछि सेक्स इच नथिङ्ग’ भन्ने हाम्रा समाजको खुल्ला बिचारको लै–लैमा लागेर पनि होला त्यो बहिनीले नचाल्नु पर्ने कदम त्यो केटो साथीसंग चालेछिन् अर्थात विवाहपूर्वको यौनसम्बन्ध । जसको नतिजा स्वरुप तिनी गर्भवती भइछे । त्यो खबर थाहा पाउन लगत्तै केटो चाँहि फरार भएछ र उनीहरु माझको त्यो लब सब गफमात्र हुन पुगेछ । कस्तो विडम्बना ! हुन त यस्तो उमेरमा राखेको प्रेम सम्बन्ध कतिनै पो गम्भीर हुन्छ र ! त्यसमाथि पनि यस्ता कलिला किशोर–किशोरहरुलाई प्रजनन् र यौन शिक्षाको कमी नै छ । तिनीहरुमाझ प्रजनन् तथा यौन शिक्षाको प्रावधान हुनुपर्ने हो तर के गर्ने कसैलाई यसको चाँसो नै छैन् । जब यी अजान युवा–युवतीले सेक्स जस्तो धारिलो औजारलाई अज्ञानतामा नै खेलाइ पठाउछन् र त्यसबाट तिनीहरु नराम्रोसंग काटिन्छ तबमात्र समाज र अविभावकहरु यो र त्यो भनी उनीहरुको खण्डन गर्न थाल्छन् । सायद यो बहिनीमा पनि यस्तै शिक्षा र सुचनाको अभाव थियो होला भन्ने सहजै अनुमान हामी लगाउन सक्छौ । अब म के गरुँ ? कसलाई भनूँ ? भन्ने चिन्ताले सायद त्यो बहिनीलाई त्यति बेला धेरै नै सताएको हुनसक्छ । कसैले त यस्तो अवस्थामा आत्महत्या नै गर्छन र कसैले चाँहि बाध्यतामा अविभावकलाई जानाकारी नदि नै गर्भपतन गर्छन । त्यही भएर पनि होला आजभोलि मेरी स्टोप्स् सेन्टरहरुमा गर्भपतन गर्न आउनेहरु धेरै जसो स्कूले अविवाहीत युवतीहरु हुन्छन् भनेर एक सर्वेक्षणले बताएको छ । कसैले नाम ढाँटेर त कसैले ठेगाना परिवर्तन गरेर गर्भपतन गर्छन रे । तर यो बहिनीले भने त्यसो नगरेर आप्mनी आमालाई सबै समस्या सेर गरेछीन् । भन्छ छोराको साथी बाबु र छोरीको साथी आमा । सायद त्यो बहिनीले आप्mनी आमालाई नै नजिकको साथी सम्झेर आप्mना ती सबै पिडाहरु सेर गर्ने निर्णय लिइकी होली र आमाले पनि आप्mनी छोरीलाई त्यस नाजुक अवस्थामा बुझिन होली भन्ने कुरा हामी त्यो अस्पतालको घटनाबाट नै स्पष्ट बुभ्mन सक्छौ । हुन त आमालाई त्यो खबरले अपसोस् त निश्चय नै पा¥यो नै तर के गर्ने छोरी त्यो भन्दा पनि ठूलो समस्यामा थिइन् । एउटी नारीको पिडा अर्की नारीले नै त बुभ्mन सक्छ । सबै आमा र छोरी यस्तै भईदिए सायद गर्भपतन जस्तो अमानवीय कार्यलाई रोक्न सकिन्थ्यो की ? हामी अनुमान लगाउन सक्छौ उनीहरुको निम्ति त्यो कुरा सहजिलो थिएन तापनि, जब आफै बलियो भइ र उचित निर्णय लिइ खडा हुन्छ र एका–अर्काको निम्ति सहयोगी बन्छ भने कुनै पनि समस्यालाई सहजै जित्न सकिन्दो रहेछ भन्ने कुरा त्यो घटनाबाट देख्न सकिन्छ । मलाई त्यो नर्सबाट थाहा भयो कि ती आमा–छोरीले पनि त्यस्तै निर्णय लिएकी रहेछन् । गर्भपतन नगर्ने तर बच्चालाई गर्भमा नै राम्रोसंग हुर्काएर कसैलाई गोद लिन दिने भन्ने मनसाय बनाएर अन्तमा नौँ महिना पछि त्यसरी पाटन अस्पतालमा ल्याएको कुरा मैले थाहा पाए । अहिले त्यो बाबु यति स्वास्थ र बलियो छ, हेरेर म आफै पनि लोभिन्छु र मेरो साथीको परिवार र जीवनमा नै एक प्रकारको खुुुसी ल्याइदिएको छ, त्यो बाबुले । आज धेरै परिवारहरु सन्तानविहिन छन् । समाजमा विभिन्न अपमानपूर्ण उपनाम पाएर, निन्दाको पात्र भएर बाँचेकी दिदी–बहिनीहरु सन्तानकोलागि सब थोक गर्न तत्पर छन् । आज तिनीहरुको गोद भरिदिनु र उनीहरुलाई अपमानपूर्ण उपनामबाट निन्दामुक्त गरिदिनु कति ठूलो उपकार हुन्छ होला । मलाई महसुस भयो कि त्यो बहिनीले पनि त्यस्तै काम गरेकीछिन् । हुन त, त्यो बहिनी शत–प्रतिशत नै सहि हो भनेर त म भन्दिन तर उनी गल्तीमाथि गल्ती गर्नबाट जोगिन । तिनले लिएकी निर्णयले तिनी आफै पनि बाँचिन र बच्चालाई पनि बाँच्न दिइन, त्यो नै असल पक्ष हो । अझ त्यो बच्चा आफैले पालेकी भए झन असल हुन्थ्यो तर पनि त्यतिसम्म गर्नु नै महान थियो ।

यो घटनाले मेरो जीवनमा नयाँ लक्ष्य प्रदान ग¥यो र मलाई गर्भपतन बारे एउटा निष्कर्ष दिलायो कि गर्भपतनको पनि विकल्प रहेछ भन्ने… हो पनि, इच्छा र कसैको साथ भए उपाय त अनेक आउँछन् । मैले यस घटनालाई राम्रोसंग विश्लेषन गरे र एउटा कार्यक्रम नै सृजना गरे । जसलाई मैले भ्रूणको आवाज, नेपाल नामक गैरसरकारी संस्थाको रुपमा नेपाल सरकारमा दर्ता पनि गर्न सफल भए ।

म त भन्छु, यदि गर्भपतन महिलाको बाध्यता हो भने त्यसको विकल्प खोजिनुपर्छ । गर्भपतनको निम्ति महिलामाथि कानुनी बन्देज लगाएर अथवा कानुनी मान्यता तथा अधिकार प्रदान गरेर महिलाको समस्या समाधान हुन्छ भन्नु चाँहि एउटा खाडल पुर्नुु अर्को खाडल खन्नु जस्तो मात्र हो । यस विषयमा कसैलाई दोष लगाउनु वा कसैको विरोध गर्नु जस्ता प्रवृद्धिले पनि कसैको भलाई हुदैन । यहाँ त कसैलाई चंगाई चाहेको छ त कसैलाई साथ र सुरक्षा । अनिच्छित गर्भको निम्ति महिलालाई तिरस्कार तथा अधिकारको सट्टा तिनीहरुको कुरा सुन्ने, उनीहरुलाई साथ र माया दिने काम गर्न सकियो भने विकल्पहरु धेरै निस्कन्छन् । र यदि गर्भपतनलाई न्यूनिकरण नै गर्ने हो भने सर्वप्रथम, यसको कारक तत्वहरु पत्ता लगाउनु प¥यो । गर्भपतन गर्नु पर्ने अवस्थामा महिलाहरु के कारणले पुगिरहेका छन् ? समाजमा भएका त्यस्ता कारणहरु पत्ता लगाई, त्यस उपर जनचेतना वा शिक्षा ल्याउनु प¥यो । यदि यति गर्दा–गर्दै पनि कोहि त्यस अवस्थामा पुग्छ भने फेरि त्यो समस्यालाई कसरी सुरक्षित अवतरन गर्न सकिन्छ भन्ने विकल्पहरु हेर्नु प¥यो, जसबाट आमा र बच्चा दुवैको जीवन सुरक्षित होस् । सायद तपाईले यसै पत्रिकाको गत अंकमा छापिएको ६ वटा गर्भको शिशुु हत्या खबर पढ्नु भयो होला । त्यो दृष्य हेरेर कतिले यस्तो प्रश्न गरे होलान् कि कसरी यस्तो गर्न सकेको ? यत्रो आठ–आठ महिनासम्म गर्भमा पालेर पनि…? जन्माएको भए हुन्थ्यो नि, बरु कसैलाई पाल्न दिए पनि हुन्थ्यो नि, यस्तै, यस्तै । तर के गर्ने विकल्प नदेखे पछि । यदि ति शिशुहरु प्mयाँक्ने आमाहरुलाई त्यस समस्या समाधानको विकल्पहरु थाहा भए त्यसरी सायद प्mयाँक्ने काम हुदैंनथ्यो की ? यदि कुनै त्यस्तो आमा–गृह वा शिशु–गृहको प्रबन्ध भए वा उनीहरु जस्ता स्त्रीहरुलाई परामर्श दिने केन्द्रहरु भए, सायद ति शिशुहरुका जीवन बाँच्थे की र ति आमाहरु आप्mनै सन्तानको हत्यारा हुनदेखि जोगिन्थे की ? आज नेपालमा वर्षेनी सवा लाख गर्भपतन महिलाहरुले असुरक्षित ढंगले लुकेर–छिपेर गर्छन कारण उनीहरुलाई थाहा छ की गर्भपतन गर्नु सामान्य होइन । त्यस्तो अवस्थामा उनीहरुलाई डाढस र साथ दिइ गर्भपतन बाहेक अन्य सुरक्षित उपाय तथा विकल्प देखाइ दिए कस्तो हुन्थ्यो होला । तर यस किसिमको सेवा कार्य कसले सुरु गर्ने ?

मलाई त लाग्छ, आज यस किसिमको सेवा कार्य गर्न केवल परमेश्वरले हामी मण्डलीहरुलाई नै योग्य देख्नुभएको छ किनकि जीवनको संस्कृति मण्डलीबाट मात्र सम्भाव छ । यदि हामी ख्रीष्टलाई साँचो रुपमा चिनाउन चहान्छौ भने हामीले यस्तो काम गरौँ जसले संसारलाई चकित पार्नेछ । संसारमा सबैले गरिरहेको काम हामी गर्छौ भने त्यसले के फरक पार्न सक्ला । बाइबलले भन्दछ, “तिमीहरुको धर्म–कर्म सादुकि र फरिसीहरुको भन्दा धेरै भएन भने तिमीहरु कुनै रीतिले स्वर्गको राज्यमा प्रवेश गर्न सक्ने छैनौ”(मत्ती ५ः२०) । यसकारण आउनुहोस् हामी मिलेर यस्तो काम गरौँ ताकि संसार चकित होस र हाम्रो परमेश्वरको महिमा होस् । आमेन –लेखक सोमन राई (कार्यकारी निर्देशक, भ्रूणको आवाज, नेपाल)

Leave a Reply

Your email address will not be published.