गर्भपतन महिलाको प्रजनन् अधिकार कि क्षति

बि.सं २०५९ असोज देखि नेपालमा पनि केहि विशेष अवस्थामा मात्र गर्न पाइने गरी गर्भपतनले कानुनी मान्यता पाएको छ । गर्भपतन सम्बन्धी संशोधित कानुनले कति बच्चा जन्माउने र अनिच्छित गर्भ रहेमा बच्चा जन्माउने वा नजन्माउने निर्णय लिने अधिकार महिलालाई दिएको छ । कानुनी मान्यता नहँुदा धेरै महिलाहरुलाई प्रजनन् स्वास्थ्य सम्बन्धी दीर्घकालीन जटिलताहरु भएका थिएabortion is not woman solution भन्ने सम्बन्धित निकायहरुको दावी छ । यसरी संशोधित नयाँ कानुनले सुरक्षित गर्भपतन सेवाको पहँुच बढाइ मातृ मृत्यु दर र स्वास्थ्य सम्बन्धी जोखिम घटाउन मद्धत पु¥याइरहेको तथ्य बाहिर आइरहेको अवस्थामा एउटै स्त्रीले मात्र आठ–आठ पटकसम्म गर्भपतन गराएको कुरा अस्पतालका चिकित्सकहरुले बताउँन थालेका छन् (डा सुधा थापा, क्याक यनिटकी संयोजक) । सन्तानका रहर पुगिसकेकाहरुले पनि परिवार नियोजनका स्थायी–अस्थायी साधन प्रयोग नगरेका कारण अनिच्छित गर्भको बहानाबाजी गर्दै पटक–पटक गर्भपतन गराउँन थालेका छन् (सर्वोत्तम नारी पत्रिका– भदौ २०६६) । बुझेका र शिक्षितहरु नै ५÷६ पटकसम्म गर्भपतन गराउन आउने गरेको सम्बन्धित संस्थाहरु बताउँछन् । कानुनले गर्भपतनलाई महिलाको अधिकारको रुपमा परिभाषित गरेपछि महिलाहरुले गर्भपतनलाई परिवार नियोजनकै साधनको रुपमा अपनाउन थालिएको डरलाग्दो तस्बिर सार्वजनिक हुन थालेको छ । सेवा सहज बनेपछि गर्भपतन फेसन बनेको र लापारबाही बढेको गुनासो सुचिकृत संस्था सञ्चालकहरुको छ (कान्तीपुर अंक २९४, ३० मंसिर २०६६) । अर्को चिन्ताजनक तथ्य पनि बाहिर आइरहेको छ कि नेपालमा गर्भपतन गराउने धेरै जसो २५ वर्षमुनिकाहरु छन् । त्यसमा पनि धेरै प्रतिशत स्कूल र क्याम्पस पढ्ने अविवाहित युवतीहरु रहेका सर्वेक्षकहरु बताउँछन् (अर्जुन पौडेल, नयाँ पत्रिका, १२ जेठ २०६६, काठमाण्डौ) । टिनएज प्रेगनेन्सी र गर्भपतनका घटना वृद्धिको पनि एक आपसमा गहिरो सम्बन्ध छ । कलिलै उमेरमा गर्भवती हुनु वा आमाबन्नु तथा गर्भपतन गर्नु एउटा प्रमुख सामाजिक तथा स्वास्थ्य समस्या हो । यदि यस्तै हो भने हाम्रो देशका एक तिहाइ जनसंख्याका किशोर–किशोरीहरुले भोलि गएर कस्तो संस्कार स्थापना गर्ने हो ? यो ठूलो चिन्ताका विषय बनेको छ । गर्भपतन कानुनी मान्यताको अर्को डरलाग्दो परिणाम भनेको लिंग पहिचानको आधारमा गरिने कन्या भू्रणहत्याको बढ्दो घटना हो । अल्ट्रासाउन्ड प्रविधिको दुरुपयोग गरी गर्भमै बालिका हत्या गर्ने प्रवृति नेपाली समाजमा भित्रभित्रै मौलाउँदो छ (नेपाल साप्ताहिक, २२ फागुन, २०६९) ।

यसरी पछिल्लो अध्ययनअनुसार नेपालमा हरेक वर्ष आठ लाख महिलाहरुले गर्भधारण गर्छन् र ती गर्भहरु मध्येमा प्रत्येक वर्ष १ लाख २० हजार असुरक्षित गर्भपतनको नाममा र ८० हजार सुरक्षित गर्भपतनको नाममा पतन गरिन्छ (अन्नपूर्ण पोष्ट, शनिबार, २० मंसिर २०६६) । वास्तवमा गर्भपतन कुनै पनि महिला, उनको परिवार र समाजको लागि सुरक्षित छैन । गर्भपतन पछि कुनै पनि महिलामा प्रत्यक्ष–अप्रत्यक्षरुपमा मानसिक, शारीरिक, सामाजिक, पारिवारिक र आत्मिक असर वा नतिजाहरु रहेका हुन्छन् । वास्तवमा, बाहिर बजारमा प्रचार गरिएको सुरक्षित गर्भपतन सेवा महिलाको निम्ति सुरक्षित भनेको होइन । कुनै पनि गर्भवती महिलाको मञ्जुरीमा, कानुनले मान्यता दिएअनुसार सुचिकृत स्वास्थ्यकर्मीद्वारा सुचिकृत स्थानमा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन सेवा भनिएको हो (स्वास्थ्य तथा जनसंख्या मन्त्रलय) । तर यसको मतलब यो होइन कि त्यहाँ गर्भपतन गर्नेहरु कुनै पनि असर वा नतिजाहरुबाट बँच्न सक्छन् । जति नै सावधानी अपनाए पनि गर्भपतन जस्तो अमानविय र अस्वाभाविक कार्यको असरबाट कोहि पनि सुरक्षित रहन सक्दैँनन् । चिकित्सकहरु आफै, सुरक्षित गर्भपतनमा जोखिम छैन भन्न चाँहि मिल्दैन र यसबाट स्वास्थ्यमा पर्ने असर पनि कम हुदैँन भन्छन् (डा भोलाराम श्रेष्ठ, भरतपुर अस्पताल, कान्तीपुर अंक २९४, ३० मंसिर २०६६) । गर्भपतन गर्दा स्वास्थ्य कमजोर हुने, बारम्बार गर्भपतन गर्दा भविष्यमा सन्तान जन्मने सम्भावना कम हुने र मृत्यु पनि हुन सक्ने चिकत्सकहरु बताउँछन् । केहि समयअघि राजधानीको चुच्चेपाटीस्थित मेरी स्टोप्स सेन्टरमा गर्भपतन गराउन गएकी एक महिलाको आन्द्रा नै चँुडिएर पेटमा दिसा घुलिएको थियो (नयाँ पत्रिका शनिबार, ३१ असोज, २०६६) । गर्भपतन त्यस्तो शल्यक्रिया मध्ये एक हो, जसलाई के भइरहेको छ भन्ने कुरा थाहै नपाई गरिन्छ । गर्भपतन गर्ने डाक्टरले औजारहरु कहाँ राख्दैछ भन्ने देख्न सक्दैन त्यसैले त्यहाँ स्वास्थ्य सम्बन्धी जटिलताहरु हुन सक्छन् (यसकारण जीवनलाई रोज) । गर्भपतन महिलाको प्रजनन् अधिकार भए पनि किशोरावस्थामै गर्भपतन गराउँदा र त्यसमा पनि पटक–पटक गराउँदा स्वास्थ्यमा नकारात्मक समस्या पनि आउन सक्छ । त्यस्ता महिलाहरुमा तल्लो पेट दुख्ने समस्या बढी पाइएको एक चिकित्सक बताउँछन् (डा. दिव श्रेष्ठ, परिवार नियोजन संघकी मेडिकल डाइरेक्टर,नयाँ पत्रिका शनिबार, ३१ असोज, २०६६) ।

वास्तवमा गर्भपतन सामान्य प्रकृया होइन । यसका धेरै प्रत्यक्ष–अप्रत्यक्ष, समकालिन–दिर्घकालिन असरहरु एक गर्भपतन गर्ने महिलामा रहन्छन् । लामो समयसम्म रगत बग्ने, प्रजनन् अंगको क्षति, स्तन क्यानसर, बाँझोपन, आदि महिलामा हुने शारीरिक असरहरु हुन् र मानसिक तनाव वा नैराश्यता, हिनताबोध, आत्मग्लानी, डर, आदि मानसिक असरहरु हुन् र यसको फलस्वरुप उनीहरुमा दुव्र्यसनी र अनैतिक व्यवहारको वृद्धि हुनु र आत्महत्या जस्ता नतिजाहरु हुन्छन ।. (Anxiety, uneasiness, anger, fear, self pity, regret, loneliness, shame… there’s so much trauma one has to go through after an abortion resulting from an unwanted pregnancy.- Cipla). पारिवारीक तनाव, सम्बन्ध–विच्छेद, आदि यसका सामाजिक असरहरु हुन् ।

वास्तवमा, गर्भपतन कानुनले परिभाषित गरे जस्तै सामान्य छैन । कानुनले यसलाई महिलाको ‘प्रजनन् अधिकार’ भनेतापनि यसले अहिलेसम्म कुनै पनि महिलाको समस्या समाधान गरेको प्रमाण छैन, बरू यसले महिलालाई थप पीडित बनाएको प्रसस्त उदाहरणहरू छन् । यदि बुझ्ने हो भने, गर्भपतन सम्बन्धी कानुनले गर्भपतन कार्यलाई मात्र सुरक्षा दिन्छ तर एउटी महिलाको स्वस्थ बारे सुरक्षाको कुनै ग्यारेन्टी दिँदैन । महिलालाई साहयता गर्न बनाइएको एक सामाजिक नितिको रूपमा गर्भपतन निति पूरै असफल सावित भइसकेको छ । गर्भपतनको पक्षमा वाकतल गर्ने जोवन अप्प्लेटन भन्छिन्, “मैले यी महिलाहरूलाई राम्रोसँग परामर्श दिए, तिनीहरू आफ्नो निर्णयप्रति निश्चित थिए, तर किन तिनीहरू केही महिना वा वर्षपछि मनोवैज्ञानिक समस्या लिएर परामर्श केन्द्र धाउँछन् ?” एक जना अमेरिकी परामर्शदाता भन्छिन्, “आज परामर्श केन्द्रहरू गर्भपतन गराएका महिलाहरूले मात्र भरिने गर्छन् ।” हो, वास्तवमा, गर्भपतनबाट समस्या समाधान गर्न खोज्नु चाहिँ एउटा खाडल पुर्नु अर्को खाडल खन्नुु जस्तो मात्र हो । गर्भपतन महिला समस्याको समाधान होइन् । यसको निम्ति उत्तम निति वा विकल्प ल्याउँनु आजको अवस्याकता हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *