गर्भपतन महिला समस्याको समाधान होइन

सँधै भै त्यो बिहान पनि रचनाले आफ्नो घरको छतमा उभिएर पारी पूर्वक्षितिजलाई हेरी…प्रकृति आफ्नो नियमबाट कत्ति पनि विचलित थिएन । जगत्का सम्पूर्ण मानिसहरूको निम्ति उज्यालो प्रकाश लिएर आउन उषा छट्पटाईरहेकी थिइन् –सूर्यको प्रतिक्षामा । अनि सूर्य पनि आफ्नो ठिक समयमा उदाउने छ भन्ने कुरामा कत्तिपनि शंका थिएन । हिजो मात्र कालो बादलले ढाकेको आकाशमा एक्कासी यत्रो परिवर्तन ? हरेक अध्यारो रातपछि नौलो बिहानी आउँछ भन्छन् तर…तर आज यत्तिका दिनहरू बितिसक्दा पनि रचनाको मनमा त्यही पुरानै चोट, त्यही पीडा, हिनताबोद, तनाव र आत्मग्लानी…। रचनाले लामो सास फेर्दै मनमा सोच्न थालिन्, “मैले त खुुस्बुको बुवालाई सम्झाएकै थिए, यदि हामीलाई सन्तानको रहर पुगेको हो भने कुनै सावधानी अपनाउनु पर्छ भनेर…होइन, गर्भ बसेपनि के नै पो भाथ्यो र !
परमेश्वरको उपहार सम्झेर अप्नाए त भइहाल्थ्यो नी…।” रचनाले मनलाई कटक्कै पार्दै गहभरीका आँसुलाई भूइमा तप…तप झाँरिन् । तिनले आफ्नो सलको फेरोले आँसु पुछी तर आँसुु झर्ने क्रम रोकिएन, त्यो झरि नै रहयो… झरि नै रहयो…। अब तिनी विस्तारै बरबराउन थालिन्, “मैले गर्भपतन किन गरे, किन ? मैले मेरो आफ्नै सन्तानको हत्या गरे, हत्या गरे…।” रचनाले मनमा सोचिरहेको कुरा तिनको मुखबाट यसरी शब्दको रूपमा निस्किरहेको तिनलाई पत्तै भएन् । यत्तिकैमा तलबाट “दिदी, दुध” भन्ने आजावले रचना झसङ्ग भइ र जबरजस्ती आफैलाई सम्हाल्दै तल झरिन् र बनावटी बोली र
मुस्कानका साथ तिनले दुधवाला दाइबाट दुध लिएर माथि भान्साकोठामा आइन् । तिनले भान्साकोठाको बती अन गरिन् र दुध बसालेर फेरि माथि सिलिङ्गतिर हेर्दै सोच्न थालिन्, त्यतिकैमा तिनको आँखा एउटा अचम्मको दृष्यमा पुग्यो –तिनले एउटा आमा माकुरालाई खोक्रो अवस्थामा देखिन् । त्यो दृष्यले तिनको मुटुको भित्रैसम्म चस्स पारेर घोच्यो । तिनले मनमनै आफैलाई प्रश्न गरिन्, “यो एउटा किरा भएर पनि आफ्ना बच्चाहरूका निम्ति प्राण दिन तयार हुन्छे, तर म एक चेतनशील प्राणी भएर पनि आफ्नै सन्तानको ज्यान लिने ?” फेरि तिनको आँखा रसाएर आयो, तर दुध उम्लेर गएको आवाजले फेरि तिनलाई सम्हालिन बाध्या गरायो । आफ्नो मन तीतै भएतापनि तिनले आफ्नो श्रीमान्को निम्ति मिठो चिया र छोरीको निम्ति मिठो दुध तयार परिन् । तिनी आabortion is not safeफ्नो भित्री चोट लुकाउने कोशिश गर्दै चिया र दुध लिएर श्रीमान् र छोरीको कोठातर्फ लागिन् । जसै तिनी श्रीमान्को कोठा तर्फ आउँदै थिइन्, तिनलाई एक्कासी तल्लो पेट दुखेको महसुस भयो र खप्न नसकेकी कारण भूईमा थच्च बसी । त्यो देखेर उताबाट खुस्बुको बुवा, “रचना, तिमीलाई के भयो भन्दै” हस्यङ्ग फस्यङ्ग गर्दै आए । रचनाले पेट मिच्दै भनिन्, “मेरो घरी–घरी यसरी नै तल्लो पेट नमिठोसँग दुखिरहन्छ ।” खुुस्बुको बुवाले लामो सुस्केरा हाल्दै भने, “रचना, यो दुखाइ त गर्भपतन गरेकोले त होइन ? पक्कै पनि त्यसैको असर हुनुपर्छ ।” रचनाले सुस्तरी भनिन्, “खुस्बुको बुवा, हामीले गर्भपतन नग¥याँभए हुन्थ्यो, गर्भपतन गरेर ठूलो गल्ती ग¥यौँ । यसको नतिजा यति ठूलो हुँदोरहेछ, हामीलाई थाहै भएन !” हो पनि, आज धेरै परिवारहरू गर्भपतनको वास्तविकता बारे अनविज्ञ छन् र कति जना चाहिँ यसको सत्यता बारे ढाँटिएका छन् । आज अनगिन्ती महिलाहरूका भनाई यस्तो रहेको छ, कि “मलाई यस्तो हुन्छ भन्ने थाहै थिएन, गर्भपतनको जोखिम बारे कसैले पनि मलाई बताएनन् ।” यसरी सुरक्षित गर्भपतन सेवाको भ्रममा धेरै जना परेका छन् । वास्तवमा, गर्भपतन कार्य कुनै पनि रूपमा सुरक्षित हुँदैन । यसका शारीरिक, भावनात्मा, सामाजिक, पारिवारीक र आत्मिक जटिलताहरू हुन्छन् । यी जटिलताहरू समकालिन र दिर्घकालिन दुवै प्रकारका हुन्छन् । सायद, रचनामा पनि त्यही जटिलताहरू देखापरेको हुनुपर्छ ।

खुस्बुको बुवाले रचनालाई विस्तारै उठ्न सहायता गर्छन् र तिनी उठेर खाटको डिलमा बस्छिन् । तिनले केही समय प्रार्थनामा विताउँछिन्, तर तिनको मनमा कुनै परिवर्तन आउँदैन, किनकि तिनले आफैले आफैलाई क्षमा गर्न सकेकी थिइनन् । तिनलाई हरेक कुराले दोष्याउँथ्यो । कसैको काखमा भएको नानी देख्दा वा कुनै नानी रूएको आवाज सुन्दा समेत तिनलाई दोषी महसुस हुन्थ्यो । ‘ओरालो लागेको मृगलाई बाछोले पनि खेद्छ’ भनेझैँ तिनलाई हरेक कुराले हिर्काउँथ्यो । तिनले जहिले पनि आफैलाई परमेश्वरको अगाडि पतित् भएको पाउँथिन् । तिनले आफैलाई आफ्नै सन्तानको हत्यारा ठान्थिन् र प्रायः समय आँसुमा बिताउँथिन् ।

तर एक दिन रचनाले एउटा छुट्टै किसिमको कार्यक्रममा सहभागी हुने मौका पाइन् । त्यो अन्तरराष्ट्रिय नारी दिवसको अवसरमा भएको दिदी बहिनी भेटघाट थियो, जुन कार्यक्रममा भ्रूूणको आवाज, नेपाल नामक संस्थाले गर्भपतनका वास्तविकता बारे कटुु सत्य प्रस्तुुत गरेका थिए । त्यो सत्यता जानेर त्यहाँ नरूने बिरलै थिए । त्यस कार्यक्रममा सहभागी सबै जना आ–आफ्नै कारणले रोए होलान्, तर रचना भने आपूmले गरेको पापलाई सम्झेर पश्चात्ताप गर्दै रोएकी थिइन् । त्यो दिन तिनको रूवाइको अन्तिम दिन थियो, किनभने तिनले आफैलाई क्षमा गर्न सकेकी थिइन् । तिनी भन्छिन्, “जब त्यो कार्यक्रममा एउटा बच्चा बोलेको आवाज सुनाइयो, तब मैले आफैलाई सम्हाल्न सकिन । मेरो आफ्नै बाबु बोलेको जस्तै आभास मलाई भयो, उसले भन्दै थियो, “…आमा, म यहाँ माथि परमेश्वरको काखमा छु, तपाईले त्यस दिन लिनुुभएको निर्णयले अभैm पनि मलाई चोट पु¥याउँछ, तर आमा नरूनोस्, म तपाईंलाई अझ पनि धेरै माया गर्छु र तपाईलाई चुम्बन गर्न पर्खिबसेको छु ।” त्यो बोलीले मेरो वर्षौदेखिको चोटमा शितलता ल्यायो र म आन्तरिक रूपमा चँगाइ हुन सकेँ ।” त्यो दिन रचना खुसी भएर आफ्नो घर फर्किन् र श्रीमान्लाई सबै आशिष बाढिन् । आजभोलि रचना खुसी छिन् र मानिसहरूलाई गर्भपतनको डरलाग्दो वास्तविकता बारे बताउँन पछाडि पर्दिनन् ।

लेखकबाट एक दुइ शब्दः प्रिय पाठकवर्ग, यो कहानी रचनाको मात्र नभएर संसारका आधा आकाश ओगटेका हाम्रा महिला दिदीबहिनाहरूको कथा पनि हुन सक्छ । वास्तवमा, गर्भपतन कानुनले परिभाषित गरे जस्तै सामान्य छैन । कानुनले यसलाई महिलाको ‘प्रजनन् अधिकार’ भनेतापनि यसले अहिलेसम्म कुनै पनि महिलाको समस्या समाधान गरेको प्रमाण छैन, बरू यसले महिलालाई थप पीडित बनाएको प्रसस्त उदाहरणहरू छन् । यदि बुझ्ने हो भने, गर्भपतन सम्बन्धी कानुनले गर्भपतन कार्यलाई मात्र सुरक्षा दिन्छ तर एउटी महिलाको स्वस्थ बारे सुरक्षाको कुनै ग्यारेन्टी दिँदैन । महिलालाई साहयता गर्न बनाइएको एक सामाजिक नितिको रूपमा गर्भपतन पूरै असफल सावित भइसकेको छ । गर्भपतनको पक्षमा वाकतल गर्ने जोवन अप्प्लेटन भन्छिन्, “मैले यी महिलाहरूलाई राम्रोसँग परामर्श दिए, तिनीहरू आफ्नो निर्णयप्रति निश्चित थिए, तर किन तिनीहरू केही महिना वा वर्षपछि मनोवैज्ञानिक समस्या लिएर परामर्श केन्द्र धाउँछन् ?” एक जना अमेरिकी परामर्शदाता भन्छिन्, “आज परामर्श केन्द्रहरू गर्भपतन गराएका महिलाहरूले मात्र भरिने गर्छन् ।” प्रिय पाठकवर्ग, गर्भपतनबाट समस्या समाधान गर्न खोज्नु चाहिँ एउटा खाडल पुर्नु अर्को खाडल खन्नुु जस्तो मात्र हो । यसकारण, गर्भपतन महिला समस्याको समाधान होइन, महिलालाई सुन्नु, माया र साथ दिनु नै सबै समस्याको समाधान हो ।

Leave a Reply

Your email address will not be published.