छोराछोरी परमेश्वरबाटका वरदान हुन् ।

(गर्भपतन विशेष)

धेरै छोरा–छोरी आप्mना आमा–बाबाद्वारा अनियोजित छन् तर परमेश्वरबाट अनियोजित छैनन् ।

सर्वाधिक बिक्री भएको पुस्तक ‘उद्देश्य प्रेरित जीवन’ का लेखक रिक वारेन भन्नुहुन्छ,“व्यभिचारी आमा–बाबा हुन्छन् तर व्यभिचारमा जन्मेका छोराछोरी हुदैनन् । धेरै छोरा–छोरी आप्mना आमा–बाबाद्वारा अनियोजित छन् तर परमेश्वरबाट अनियोजित छैनन् । परमेश्वरको उद्देश्यले मानव भूल र पापको समेत ध्यान राख्यो ।” कुनै पनि गर्भका शिशु अनियोजित, अनिच्छित र अप्रत्याशित हुदैनन् किनकि तिनीहरु परमेश्वरबाट चिनिएका र चुनिएका हुन्छन् (यर्मिया १ः५) ।

कुनै पनि गर्भको शिशुलाई अनिच्छित, अनियोजित र अप्रत्याशित भन्नु वा सम्झनु नै बाल–हिंसा हो ।

आइपास नेपालले गरेको पछिल्लो अध्ययन अनुसार प्रत्येक वर्ष नेपालमा आठ लाख महिलाहरु गर्भवती हुन्छन् र ती आठ लाख महिलाहरुमध्ये ३९% प्रतिशत अथवा लगभग दुई लाख महिलाहरुले आप्नो गर्भका शिशुलाई अनिच्छित, अनियोजित र अप्रत्याशित गर्भको रुपमा परिभाषित गर्ने गरेका छन् र यसरी प्रत्येक वर्ष ती दुई लाख गर्भका र्निदोष र कोमल शिशुहरु आप्नै आमा–बुवाबाट अनिच्छित, अनियोजित वा अप्रत्याशित गर्भको उपाधि वा दोष पत्र बोकेर संसार देख्न नपाई अनेक प्रकारका अत्याधुनिक गर्भपतन विधिका सिकार बन्न परिरहेका छन् । जसलाई म गर्भमा हुने वास्तविक बाल–हिंसा child voilence भन्न साहस गर्छु, किनकि जहाँ एउटा शिशुले आप्mनै आमा–बुवाबाट त्यसप्रकारको मानसिक आघात पु¥याउने अमानविय अपशब्द वा संज्ञा पाएर आप्mनै आमा–बुवाका लापरवाही वा भूलको सिकार बन्न परिरहेको अवस्था छ । एउटा गर्भका शिशुलाई अनिच्छित र अनियोजित पुष्टि गर्ने मानिसमा धेरै बहानाहरु छन्, जसलाई तिनीहरुले एक तर्कको रुपमा प्रस्तुत गर्छन् जस्तै, “म गरिब छु ।”, “म बलात्कृतभएकी छु ।”, “यो बालक असक्षम छ ।”, “मेरो स्वास्थ्य जाखिममा छ ।”, “छोरी पो रहेछ ।”, आदि, इत्यदि । तर यी कुनै पनि तर्कहरुका आधारमा एउटा जीवित, मानवीय रुपमा आइसकेको र्निदोष र निशब्दलाई अनिच्छित, अनियोजित र अप्रत्याशित नाम दिएर तिनीहरुका जन्मने अधिकार खोस्नु चाँहि कुुनै न्यायीक काम हो जस्तो मलाई लाग्दैन ।

परमेश्वरले मात्र जीवन र मृत्युको निर्णय गर्न सक्नुहुन्छ ।

आज धेरै महिला अधिकारकर्मी र समाजशास्त्रीहरुका बयानमा यस्तो सुनिएको छ की “हरेक बच्चा इच्छा वा योजना बमोजिम हुनुपर्दछ ।” कानुनले पनि गर्भपतनलाई महिलाको प्रजनन् अधिकारको रुपमा व्यख्या गरेको छ अर्थात आप्mनो गर्भको विषयमा निर्णय लिने अधिकार महिलालाई दिइएको छ । यसरी एउटी आमा वा जननीलाई कानुनले आप्mनै सन्तानको जीवन र मृत्युको निर्णय लिने अधिकारिनीको रुपमा प्रस्तुत गरेको छ । यसकारण, मदर टेरेसाले भनेकी थिइन् “…केवल परमेश्वरले मात्र जीवन र मृत्युको निर्णय गर्न सक्नुहुन्छ । यसकारण पनि गर्भपतन डरलाग्दो पाप हो । गर्भपतन गर्दा तपाई जीवनको मात्र नाश गरिरहनुभएको हुदैन तर आफैलाई परमेश्वरको स्थानमा राखिरहनुभएको हुन्छ । तिनीहरुले आफैले आफैलाई सर्वशक्तिमान् परमेश्वर बनाइरहेका हुन्छन् । परमेश्वरको शक्तिलाई आप्mनो हातमा लिन चाहन्छन् । तिनीहरु भन्न चाहन्छन्, म परमेश्वरविना पनि निर्णय गर्न सक्छु । त्यो नै मानविय हातले गर्ने सबै भन्दा दानवीय कार्य हो ।”

गर्भका शिशुहरुप्रतिका गलत धारणाहरु हटाइनु पर्छ ।

गर्भका शिशु कुनै एउटा मासु वा रगतको डल्लो होइन् तर एक सम्भाव्य जीवित मानव हो जसको आप्mनै मुटुको धड्कन हुन्छ, जसले दुखाईको महसुस गर्न सक्छ, जसमा बाहिरी आवाज सुन्ने क्षमता विकास भएको हुन्छ । गर्भको शिशु आमाको शरीरको कुनै एउटा अंश होइन् जसलाई जहिले चाहे प्mयाक्न सकिन्छ तर उ आमाको भन्दा पृथक वंशनुगत गुुण DNA भएको एक छुट्टै व्यक्तित्व हो, जसको जन्मने अधिकारलाई उसको आमाको निर्णय लिने अधिकारसंग सामेल गर्नु मिल्दैन । गर्भको शिशुलाई कसैको लापरवाही, अपराध र जवनीको गल्तीको एक उपज मानेर अनिच्छुक उपमा दिनु मिल्दैन किनकि उ कसैको गर्भमा आप्mनो इच्छाले आउदैन । कसैको अपराध, गल्ती वा लापरवाहीको सजय एक र्निदोषलाई दिनु ठूलो अन्यायी हो । गर्भको शिशु निशब्द वा आवाजविहिन भएतापनि उसको जन्मने अधिकार सुनिश्चित गर्ने कर्तव्य हामी बोल्न सक्नेहरुको हो । यसरी सम्पूर्ण मानसपटलबाट यस प्रकारका गर्भका शिशुहरुप्रतिका गलत धारणाहरु हटाइनु पर्छ र उनीहरुलाई अनिच्छित, अनियोजित र अप्रत्याशित नामकरण गरी उनीहरुको जन्मने अधिकार खोस्ने काम बन्द गरिनुपर्छ ।

हरेक गर्भका शिशु जन्मने योग्य छन् ।

वस्तवमा, गर्भका शिशु परमेश्वरबाटको वरदान वा इनाम हो (भजन. १२७ः३) । तर आज धेरैको निम्ति ती शिशुहरु पापको फल, अपमानका कारण, डरको कारण, लाजको कारण, अभिसाप अथवा योजना नगरेको बच्चा, इच्छा नगरिएको शिशु बनेका छन् र त्यसलाई समाजबाट लुकाउन वा हटाउन मानिसले अनेक दुसप्रयाषहरु रच्छन् र गर्छन् । यद्यपि परमेश्वरले मानव भूल र पापको समेत ध्यान राखि यी र्निदोष शिशुहरुका निम्ति योजना कोर्नु हुन्छ । यसकारण, कसैको जन्म कुनै भूल र दुर्घटना हुदैँन किनकि परमेश्वरले त्यसबाट आप्mनो अभिप्राय पूरा गर्नुहुन्छ (भजन १३८ः८) । परमेश्वरले हरेक मानव भूल वा खराबीलाई भलाईमा परिणत गर्न सक्नुहुन्छ । आज अनिच्छित भनिएका कति बच्चाहरु नै धेरै राष्ट्र, समाज, परिवार र कसैको व्यक्तिगत जीवनको निम्ति एउटा वरदान सावित भएका छन् । धेरैले यसो भनेका हामीले सुनेका छौँ कि “यो बच्चाले हाम्रो जीवनमा ठूलो खुसी ल्याएको छ ।”, “यो व्यक्ति हाम्रो राष्ट्रको ठूलो गौरव हो ।” आदि, इत्यदि । यसकारण, हरेक बच्चालार्ई मौका दिइनु पर्छ किनकि तिनीहरु परमेश्वरबाटका वरदान वा इनाम हुन् र तिनीहरु जन्मने योग्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *