के तपाईले गर्भनिरोधको नाममा गर्भपात त गरिरहनुभएको छैन ?

rci_4503180यौन मानव जीवनको अभिन्न एवँ आवश्यक पक्ष हो । यद्यपि यसमा सावधानी, सुरक्षा एवँ संयम अपनाउन र यसलाई मर्यादित बनाउन सकिएन भने
त्यसपछिका मानसिक एवं शारीरिक रुपमाipill 2 नकारात्मक हुुने सम्भावना हुन्छ, र अहिले यी
समस्याबाट छुुटकारा पाउन आपत्कालीन परिस्थितिमा प्रयोग गरिने साधनहरु विकसित भएका छन् । यिनलाई इमर्जेन्सी कोन्ट्रासेप्सन अर्थात् आपत्कालीन गर्भनिरोधक भनिन्छ । यसमा औषधि र इन्जेक्सन दुवै उपलब्ध छन् । जस्तै हार्मोनमा आधारित औषधिः एस्ट्रोजन, गर्भनिरोधक गोलीः प्रोजेस्टेरोल गोली डेनेजल, हार्मोनबाहेकका औषधि मिफी प्रिस्टोन, आर मेलाक्सिफेनइन्ट्रा युटेराइन डिवाइस (कपरटी अथवा मल्टी लोड) र अहिले बजारमा सहजिलै उपलब्द हुने औषधिहरु जस्तै आइ–पिल (I-Pill), अनवान्टिड (unwanted-72), इ–कोन (e-con)। यी औषधि तथा विधि सफलतापूर्वक अपनाए अवाञ्छित गर्भ नरहने बताइन्छ । इमर्जेन्सी गर्भनिरोधक आपत्कालीन समयका लागि उचित मानिएको छ र यी औषधिहरु बारे विभिन्न संचार माध्यमद्वारा व्यापक प्रचार समेत गरिन्दैआएको छ । “गर्भपतनभन्दा गर्भलाई बस्न नदिनुनै असल” भन्दै यसबारे विज्ञापन दिने गरिन्छ ।

यी औषधि तथा विधि मानिसहरुले विभिन्न आपत्कालिन आवस्थामा अथवा गर्भ रहेको आशंकामा प्रयोग गर्ने गर्छन् जस्तै, सुरक्षाको साधन प्रयोग नगरी असुुरक्षित 5439290_f260यौनसम्बन्ध राखेको अवस्थामा, पुरुष र स्त्रीद्वारा प्रयोग गरिने साधन (कन्डम) फुटेमा, लिक भएमा वा सही रूपमा फिट नभएमा, महिलाद्वारा प्रयोग गरिने केप सही रुपमा फिट नभएमा, आप्mनो स्थानमा राम्रोसँग नबसेमा, सही समयमा प्रयोग नगरिएमा । गर्भनिरोधक गोली खान बिर्सिएमा, लगातार दुई–तीन पटक खान छुटे्मा, फिमेल कन्डम सही रूपमा फिट नभएमा र सुरक्षित काल (सेफ पिरियड) मा गल्ती भएमा, आदि ।

यस्ता औषधिहरुको वास्तविक असर के हो, गर्भनिरोध की गर्भपात ?

उमेर पुगेका महिला र पुरुषबीच यौनक्रिया हुँदा पुरुषको यौनाङ्गबाट महिलाको यौनाङ्गभित्र वीर्य स्खलित हुन पुग्छ । शुक्रकीट (Sperm) पुरुषको प्रजनन् बीउ हो । वीर्यमा लाखौंको संख्यामा शुक्रकीटहरु आफ्नो लामो पुच्छरको सहायताले चल्न सक्ने हुन्छन् र योनी मार्गबाट पाठेघरभित्र छिर्छन् । पाठेघरले पनि यिनीहरुलाई धकेल्दछन् । फलस्वरुप यी शुक्रकिटहरु डिम्बबाहिनी नलीसम्म पुग्दछन् । डिम्बबाहिनी नलीको अन्तिम भागले पनि महिलाको प्रजनन् कोष डिम्बाणु (Ovum) लाई यसै नलीतिर ल्याउँदछ र दुवैको भेट हुन्छ । यसरी डिम्बाणु र शुक्राणु दुइ फरक कोषहरु एक हुनुलाई नै गर्भधारण (Fertilization) भनिन्छ । गर्भधारण लगत्तै एउटा नयाँ मानव जीवनको शुरुवात हुन्छ, जसलाई प्राविधिकरुपमा जाइगोट (Zygote) भनिन्छ । अब यो नयाँ कोष अथवा जाइगोटलाई डिम्बबाहिनी नलीबाट पाठेघरसम्म आइपुग्न एक हप्तासम्म लाग्दछ । गर्भाधान भैसकेको महिलाको पाठेघरभित्रको भागलाई डेसिडुआ (Decidua) भनिन्छ र यही डेसिडुआमा नै उक्त गर्भाधाम भएको कोष वा जाइगोट आइ टाँसिएर रहन्छ । यस प्रक्रियालाई नै गर्भको विजारोपन (Implantation) भनिन्छ । त्यसपछि, त्यो कोष इम्ब्रियो (Embryo), फिटस (Fetus) हँुदै एक नवजात शिशुको रुपमा जन्मछ ।

यसरी माथि उल्लेखित आपत्कालिन गर्भनिरोधक औषधि तथा विधिहरु गर्भ बसेको सात दिनभित्र प्रयोग गरे मात्र प्रभावकारी हुने दावी चिकित्सकहरु गर्छन् । वास्तवमा, यी औषधिहरुलाई जन्म नियन्त्रण गर्ने सादनकोरुपमा परिभाषित imagesगरेतापनि यसले गर्भाधान भएको कोष अथवा जीवनलाई पतन गर्ने काम गर्छ । आपत्कालिन गर्भनिरोधक गोली आइ–पिल (I-Pill), अनवान्टिड 72 (unwanted-72), इ–कोन (e-con) जस्ता औषधिहरु गर्भ रोक्न भन्दा पनि गर्भपतन गराउँन केन्द्रित हुन्छन् । यी औषधिहरु अत्यधिक हर्मोनयुक्त हुन्छन्, जसले गर्भाधान भइसकेको कोष अर्थात जाइगोटलाई डिम्बबाहिनी नलीभित्रै धकेल्दै राख्ने, गर्भाशयमा आउन नदिने र उक्त नलीमानै पतन गर्ने काम गर्छन् । यिनीहरुको असर धेरै घातक हुन्छ । यसबाट गर्भाशयमा गर्भ नरहेर डिम्बबाहिनी नलीमा गर्भ (Ectopic Pregnancy) रहने सम्भावना धेरै हुन्छ । यस्ता औषधिहरुको जटिलता महिलाको प्रजनन् प्रणालीमा अप्राकृतिक असर पर्ने र बाँझोपन ल्याउने हुन्छ । मुखबाट खाने औषधिका अतिरिक्त त्यहाँ अन्य उपाय पनि उपलब्ध छ, जसको विषयमा हामी होसियार हुन जरुरी छ । जस्तै असुरक्षित संभोगको ५ दिनभित्र आइयुडी (इन्ट्रायुटेराइन डिवाइस) अर्थात कपरटी वा मल्टी लोड लगाउन सकिन्छ भनेर स्वस्थ्यकर्मीहरुले सल्लाह दिने गर्छन् । वास्तवमा, यसले पनि गर्भनिरोधको सट्टा गर्भ (भ्रूण) लाई गर्भाशयमा हुर्कन नदिने र गर्भलाई खारेज गर्ने गर्दछ । यसबाट शुक्राणुले भ्रूण बनाएको भए पनि त्यसको मृत्यु हुन्छ तर यसको प्रयोग संभोगको ७ दिनभित्र गरे मात्र प्राभावकारी परिणाम हासिल हुन्छ भनी चिकित्सकहरु बताउँछन् । यसकारण, यस्ता साधनहरुबाट गर्भनिरोधको काम भन्दा पनि गर्भपतन हुने पुष्टि हुन्छ ।

हामी मानवीय जीवनको शुद्घता (Sanctity of human life) मा विश्वास गर्नेहरु यस्ता कुराप्रति गंभिर हुन जरुरी छ, किनकि जसरी परमेश्वरले मानवीय जीवनलाई रच्नुभयो, त्यसैअनुसार हामीले हरेक मानवीय जीवन चाहे त्यो गर्भभित्रको होस् वा बाहिरको हामीले त्यसको संरक्षण गर्नुपर्छ । शायद, आज त्यो आकारमा आउँदै गरेको जीवनप्रति कसैको सरोकार र ध्यान नजान सक्छ तर यी साना मध्ये कोहि पनि नाश नहोस् भन्ने परमेश्वर चाहनुहुन्छ । अन्तमा, यदि कसैले गर्भनिरोधको नाममा यस किसिमको औषधि तथा विधि प्रयोग गरिरहनुभएको छ भने कृपया तुरन्त पश्चात्ताप गरि यस कार्यलाई बन्द गर्नुहोस् । परमेश्वरले तपाईहरुलाई आदर गर्नुहुनेछ । “…अब जीवन नै रोज, ताकि तिमीहरु र तिमीहरुको बालबच्चाहरु जीउन सकून ।” –(व्यवस्था ३०ः१९) info@vofnepal.org

Leave a Reply

Your email address will not be published. Required fields are marked *