गर्भपतनप्रति ओबामा हुसेनको नरम नीति र इसाई मण्डलीहरुको आपत्ति

धेरैको ठम्याइ के थियो भने बाराक ओबामा हुसेन अमेरिकी राष्ट्रप्रति बनेपछि उनले गर्भपतनप्रति कडा नीति ल्याउनेछन्, किनभने उनी आफै पनिएक गर्भपतनबाट बाँचेका व्यक्ति (abortion survivor) हुन् । जुन ठम्याइको कारण उनलाई पहिलोbarak निर्वाचनमा धेरै अमेरिकी चर्चहरुले अत्याधिक मत दिएर जिताए । तर ‘माछा माछा, भ्यागुता’ भने जस्तै उनले गर्भपतन नीतिलाई कडा गर्नु पर्ने ठाउँमा, अझ त्यसको समर्थनमा लाखौँ डलर कोष चुट्याए । ‘भीर चर्ने बादरलाई लिस्नु’ भने जस्तै यस पालिको निर्वाचनमा त झन गर्भपतन समर्थकहरुले उनलाई खुलेरै भोट हाले । न्यूयोर्क टाइम्सले ओबामाको विजयपछि अनलाइन संस्करणमा सम्पादकीय लेख्दै भनेको छ, “यो परिणाम रोजगारी वृद्धि, स्वास्थ्य सेवा सुधार, कर वृद्धि र सन्तुलित वित्तीय घाटा न्युनीकरणलाई जोड दिन आर्थिक नीतिलगायत आप्रवासी, गर्भपतन र समलिंगी विवाहप्रति नरम नीति अपनाउन मतदाताले गरेको कडा अनुमोदन हो ।’’ पहिले देखिनै आतंकवाद, गर्भपतन, विमा नीति र विदेशी नीतिका कारणले महिला तथा मध्यमवर्गमा प्रिय रहँदैआएका अश्वेत ओबामाले यसपालि ५५ प्रतिशत अमेरिकी महिला तथा युवावर्गको मत पाएर फेरि एकपल्ट विश्वशक्ति अमेरिकाको राष्ट्रपति बनेका छन् ।
नेपाली इसाई मण्डलीहरुलाई आपत्ति किन ?
अमेरिकाले संसारभरिका जनशक्ति (out sourcing) लाई मौका दिने हुनाले त्यहाँ हुने निर्वाचनलगायत अन्य नीति निमार्ण, आदि जस्ता कार्यले विश्वलाई प्रत्यक्ष प्रभाव पार्छ, यो तितो सत्य हो । त्यहाँ बनिने नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्ने थलो भनेको नै नेपाल जस्तो अविकासित राष्ट्र हो । यहाँ पश्चिमी देशका कुनै पनि नीति तथा परियोजनाहरु अंगीकरण तथा कार्यान्वयन गर्दा प्रभावकारी र व्यवहारीक सावित हुन्छ । हाम्रा मानिसहरुले विश्वास पनि उनीहरु कै बडी गर्छन् । उनीहरुको वाणी त इश्वरवाणी झैँ ठान्छन् । यसकारण जसको धेरै प्रभाव, उसको नै त सिको गर्ने हो । अझ उनीहरु त यहाँ डलरको खोला नै बगाउँन तयार हुन्छन् र हाम्रा मानिसहरु चाँहि त्यो डलरको खोलामा पौडी खेल्ने बानी बसेको हुँदा आफ्नो देशको नैतिकताको मुल्य र मान्यतालाई विर्सेर उदारता, स्वतन्त्रता, उन्मुक्ति, सशक्तिकरण आदिको नारा बनाई डलरको खेती गर्छन् ।
अमेरिकामा बनेको गर्भपतनप्रतिको नरम नीति कार्यान्वयनका प्रभाव अमेरिकामा मात्र नभएर विश्वका अन्य देशहरुमा पनि हुन्छ । मेरी स्टोपस् इन्टरनेशनल (Marie Stopes International) जस्ता संस्थाहरुले नेपाललगायत अन्य देशहरुमा गर्भपतनका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेका छन् । नेपालमा मात्र यिनीहरुका गर्भपतन गर्ने केन्द्रहरु ५४ वटा भन्दा बढी छन् । यस्ता केन्द्रहरुको विस्तार तथा गर्भपतन सेवाको पहूँच बढाउँन कडौँडोको धनराशी नेपाल भित्रिन्छ । अन्र्ताष्ट्रिय सुरक्षित गर्भपतन नीति कार्यान्वयनका निम्ति अन्य देशहरुमा जाने प्राय अनुदान अमेरिकी फन्डीङ्ग एजेन्सीहरु बाट नै हो । नेपाल सरकारको तथ्यांक अनुसार नेपालमा २००७ देखि २०११ सम्म मात्र ४, ०१, ५४१ जना महिलाले गर्भपतन गराएको प्रतिवेदन छ । यो त प्रतिवेदनमा आएको तथ्यांक मात्र हो, प्रतिवेदनमा नआएका संख्या यो भन्दा पनि बढी भएको सम्बन्धित निकायहरु बताउँछन् ।
यदि अहिले पनि नेपाली इसाई मण्डलीहरुले गर्भपतनप्रति आफ्नो स्पष्ट साँझा अवधारणा वा दृष्टिकोण बनाउन सकेन भने भोलि गएर मण्डलीहरुमा गर्भपतनप्रति उदारताको दृष्टिकोण विकास हुँदैआउनेछ । यसकारण यस्तो कुनै पनि बाहिरी नीति मण्डलीमा हावी हुनदेखि रोक्न सबै इसाई मण्डलीहरु एक ठाउँमा आई गर्भपतन, समलिङ्गी विवाह आदि जस्ता सामाजिक तथा नैतिक मुद्दाहरु बारे एक साँझा तथा स्पष्ट अवधारणा बनाउनु आजको अवश्यकता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *