गर्भको शिशुमा बाह्य आवाज सुन्ने शक्ति

डा. लूका आफ्नो सुसमाचारको पुस्तक लुका १ अध्यायको ३९ देखि ४५ पदसम्म यसरी लेख्नुहुन्छ, ‘ती दिनमा मरियम आतुरीसंग पहाडतर्फयहूदियाको एउटा गाउँमा गइन्, र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन् । जब एलीशिबाले मरियमको motherअभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्¥यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्, र एलीशिबाले चर्को सोरमा भनिन्, “स्त्रीहरुमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो । ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन् । किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरी गर्भमा आनन्दले उफ्¥यो । तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन् ।”

यहाँ डा. लूकाले एउटा गर्भको शिशुले बाहिरी आवाज सुनेर त्यसको प्रतिक्रिया दिन सक्छ भनी स्पष्टरुपमा पुष्टि गरेका छन् । यसरी अहिलेका आधुनिक चिकित्सकहरु पनि यस कुरामा सहमत छन् कि गर्भको शिशुले अरु व्यक्तिको स्वरलाई भन्दा आफ्नी आमाको स्वरलाई बेग्लै प्रकारले प्रतिक्रिया गर्दछ ।

वैज्ञानिकहरुले हरेक नवजात शिशु आफ्नो आमाको बोलीमा रुन्छन् भनी बताएका छन् । हरेक नवजात शिशुको रुने शैली फरक हुन्छ । वैज्ञानिकहरुले यसो हुनुको कारण पनि पत्ता लगाएका छन् । उनीहरुको शोधअनुसार प्राकृतिक रुपले शिशु आमाको लवजलाई अनुशरण गर्दै रुने गर्छन् । शोधकर्ताहरुले जर्मन र फ्रान्सेली भाषा बोल्ने परिवारका ६० शिशुमाथि यसको परिक्षण गरेका थिए । उनीहरु सबै तीनदेखि पाँच दिनका थिए ।

फ्रान्सेली लवज बोल्ने आमाका शिशु ठूलो आवाजमा रुन्छन् र बिस्तारै चुप लाग्दा रहेछन् । यसको तुलनामा जर्मन शिशु विस्तारै रुन सुरु गरेर बेसरी रुन थाल्छन् । वैज्ञानिकहरुका अनुसार जर्मन र फ्रान्सेली भाषा यही शैलीमा बोलिन्छ । भाषा सिक्न आतुर यी शिशुहरुले आमाको सुर र स्वरको नक्कल गर्ने गरेको शोधमा उल्लेख छ ।

शोधअनुसार गर्भमा भएकै बेला आमाको बोलीले उसलाई प्रभावित गर्न थाल्छ । उनीहरुले अलगअलग आवाजमा मात्र नभएर गर्भावस्थामा रहेका बेला सुनेको आवाजमा रोएको शोधमा पाइएको छ । यसअघि भएको शोधमा समेत गर्भावस्थाको अन्तिम तीन महिनामा भ्रूणले बाह्य संसारको आवाजलाई स्मरण गर्न सक्छ । विशेषगरी गर्भमा रहेको शिशु संगीत र गुनगुन गरेर बोलिने आवाजप्रति संवेदनशील हुन्छन् ।

एउटा गर्भको शिशुमा जन्मअघि नै बुद्घिको विकास

कुनै पनि शिशु जन्मनुभन्दा अघि नै उसमा बुद्घिको विकास हुन्छ । पर्थको तेलेथान इन्स्टिच्युट फर चाइल्ड हेल्थ रिसर्चको नेतृत्वमा भएको अध्ययनमा के भनिएको छ भने गर्भमा राम्रो विकास भएका शिशुहरुले पछि प्राथमिक स्कूलमा राम्रो नतिजा ल्यायँछन् । अमेरिकन जर्नल अफ इपिडिमियोलजीमा प्रकाशित उक्त अध्ययनअनुसार आमाको गर्भमा स्वस्थ विकास र प्राथमिक स्कूलमा शैक्षिक दक्षताबीच सीधा सम्बन्ध हुन्छ ।

भ्रूणको स्वस्थ विकास स्कूलमा शिशुको प्रदर्शनलाई राम्रो बनाउन सहयोगी हुन्छ । यो प्रक्रियाले सामाजिक÷आर्थिक रुपमा कमजोर श्रेणीमा आउन बच्चालाई समेत शैक्षिक दृष्टिले बलियो बनाउँछ । ‘जन्म र शैक्षिक जानकारीबीच सम्बन्ध कायम गर्न हामी पहिलोपटक सफल भएका हौँ,’ अध्ययनमा उल्लेख छ, ‘हामीले केही यस्ता कारक पत्ता लगाएका छौँ जुन शैक्षिक सफलतासँग जोडिएका छन् ।’

५५ हजारभन्दा बढी बालबालिकासँग गरिएको प्रश्नोत्तरबाट अनुसन्धानकर्ताहरु यो निष्कर्षमा पुगेका हुन् । स्कूललाई बालबालिकाको कमजोर शैक्षिक प्रदर्शनका लागि जिम्मेवार नठह¥याई तिनलाई स्वास्थ्य सुविधाको उपलब्धता, देखभाल, र स्थानीय सरकारी सेवाबारेमा बढी सोधखोज गर्न अध्ययनमा सझाइएको छ ।

अध्ययनअनुसार गर्भावस्थामा मद्यपान र सुर्तीुेसेवनलगायतका कुलतले गर्भमा शिशु विकासलाई अवरुद्घ गर्छन् । त्यसैले गर्भवतीहरुलाई ती लतबाट टाढा राख्नुपर्छ । उनीहरुलाई गर्भावस्था जुनसुकै अवस्थामा स्वस्थ हुनुपर्ने जानकारी दिनुपर्छ ।

निष्कर्षः गर्भावस्था शिशु जसलाई समाजको सदस्यको रुपमा ग्रहण गरिन्दैन, जसको मानव अधिकारलाई कानूनमा परिभाषित गरिएको छैन, जसको अधिकारलाई आमाको अधिकारमा निहित गरिएको छ तर माथि उल्लेखित वैज्ञानिक प्रमाण अनुसार उनीहरुको मूल्य एउटा जन्मिसकेको शिशुको भन्दा कम भने छैन । यसकारण, गर्भावस्था शिशुलाई सम्मान गर्न सिकौं र सिकाओ । (स्रोतः बाइबल, कान्तिपुर दैनिक, नारी मासिक पत्रिका)

Leave a Reply

Your email address will not be published. Required fields are marked *