बेथलेहेममा येशु जन्मिएको
सत्य कुरालाई–
फेरि पनि हेरोद राजाले झैं
छिन्न भिन्न गर्ने प्रयास गरे झैं
ती, निर्दाेष र अबोध बालकहरुलाई
हत्या गरे झैं
ती निर्दाेष आमाहरुको चिच्याहट र आर्तनादलाई
फेरि पनि बल्झाउने कोशिश हुंदैछ ।
ती पवित्र मरियमको कोखलाई पनि
भित्र भित्रै एबरसन गर्ने काम हुँदैछ
यी आधुनिक मरियम यूसुफहरुले
छिः कति छाडापन भयो ।
आधुनिक मरियम जस्ती आमाहरुबाट
नाली–नाली, जंगल–जंगलमा
वेवारिश नानीको गर्भधारण गरी
भू्रणहत्या जस्तो काम गर्न पनि
संकोच र लाज मान्दैनौ
तिमी आधुनिक मरियम जस्ती आमाहरु
छिः कति बेईमानी हुंदैछ
आधुनिक यूसुफ जस्तो तिमी बाबुहरुबाट पनि
यूसुफ जस्तो आफ्नो प्रतिज्ञामा अटल नबनेर
आफ्नैहरुलाई पनि सहवास गर्न पछि हटेनौं ।
धिक्कार छ तिमी यूसुफ जस्ता बाबुहरुलाई
मरियम जस्ती आमाहरुलाई ।
चाह्यौ भने तिमी मरियम जस्ती
पवित्र आमा बन्न सक्छौ त
चाह्यौ भने तिमी यूसुफ जस्ता
इमान्दारी बाबु बन्न सक्छौ त ?
ईश्वरको आशिषको भागीदार हुनसक्छौ त
के असम्भव छ परमेश्वरमा
के भो तिमीलाई
तिमी आधुनिक मरियम जस्ती आमाहरु र बाबुहरु
आफ्नै मनका टुक्रालाई पनि
फाल्न तयार छौं
आफ्नै शिशुलाई हत्या गर्न तयार छौ
एकपल्ट मात्र होइन धेरैपल्ट
यसैले
उबेलाको हेरोद जस्तो राजा
-– डेनिस कार्थक, कालेबुङ
(साभारः हिमालय दर्पण)

Leave a Reply

Your email address will not be published. Required fields are marked *