न मेरो खुसी गर्भमा आउनु
र मैले यो सजाय पाउनु
तिम्रै खुसीले पाए कोखमा बास
तीनै महिनामा नदेऊ लात
जन्मपछिका ती असी वर्ष
विताउँथेँ उन्माद दुःख–हर्षसाथ
निधनपछिका तिम्रा ती संस्कार
दिन्छु मै बाबा बिन्ती नमार
मृत्युपछि बस्ने स्वर्गलोकमा
खन्दैछौ नर्क मेरो परलोकमा
ती चर्मचक्षु सँब बन्द गरी
सोच विचार गर महतारी
कुन स्वर्ग बस्ने लिएकी छयौँ धेय
कु–कर्म अत्याको लिई साथ हाय
इश्वरको अंश कोखबाट फाली
कुन स्वर्गमा गछौँ हाली–मुहाली
जन्मन देऊ बाबा महतारी (साभारः साप्ताहिक प्रत्रिका)